राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार काठमाडौँमा आयोजित र्यालीमा भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा राखेको आरोप लगाएपछि नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले खण्डन गरेका छन्।
सांसदसमेत रहेका शाहीले यस्तो आरोप लगाउँदै फेसबुक पोस्ट आफूलाई ट्याग गरेपछि रिमालले यो कुरा भ्रम भएको भनी जवाफ फर्काएका हुन्।
‘पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्’, रिमालले लेखेका छन्, ‘पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’
एमाले उपमहासचिव रिमालले अगाडि लेखेका छन्, ‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन। कसले कहाँ के गर्दै छ- समाचार त आएकै छ नि!’
हेर्नुहोस् स्टाटस-

पोखराबाट फर्किएका पूर्वराजा शाहको स्वागतमा आइतबार काठमाडौँमा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा, कमल थापा नेतृत्वको राप्रपा नेपाल, दुर्गा प्रसाईं नेतृत्वको माातृभूमि बचाऊ अभियानलगायतको सहभागितामा राजावादीहरूले शक्ति प्रदर्शन गरेका थिए। त्यस क्रममा जुलुसमा पूर्वराजा ज्ञानेन्द्र शाहका साथै उत्तर प्रदेशका मुख्यमन्त्री एवं भारतीय जनता पार्टी (भाजपा) का नेता योगी अंकित ब्यानर पनि देखिएको थियो।

जसका विषयमा गणतन्त्रवादीहरूले व्यापक आलोचना गरिरहेका छन्।
यसै क्रममा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही र एमाले उपमहासचिव विष्णु रिमालबीच सामाजिक सञ्जालमा दोहोरी परेको हो।
Shares

प्रतिक्रिया