राजनीति


सांसदका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभाको रुलिङ

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई राष्ट्रियसभाको रुलिङ

नेपालखबर
फागुन २५, २०८१ आइतबार १६:१, काठमाडौँ

राष्ट्रिय सभाले महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारका विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेको छ।

सभाको तर्फबाट आइतबार बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले शून्य र विशेष समयमा सांसदहरूले उठाएको महिला, बालबालिका, हत्या, हिंसा, बलात्कारलगायतका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका हुन्।

बैठकमा अध्यक्ष दाहालले शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रियसभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गरे। 

 ‘११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा साथै शुन्य समय र विशेष समयमा मान्य सदस्यहरूले आफ्ना भनाइ राख्ने क्रममा उठाउनुभएका महिला, बालबालिका, हत्या, हिंसा, बलात्कार लगायतका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीका समस्या, दलित, आदिवासी, जनजाति, किसानका समस्या, सुशासन, सेवा प्रवाह लगायतका समसामयिक विषयमा गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै राष्ट्रिय सभाको नियमावलीले तोकेको समयावधि भित्र सभामा आइ जवाफ दिन नेपाल सरकार र सम्बन्धित मन्त्रीहरूलाई आग्रह गर्दछु’ उनले भने। 


राष्ट्रिय सभाको अर्को बैठक चैत्र ४ गते सोमबार सवा १ बजे बस्नेगरी स्थगित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad