राजनीति


‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन’

नेपालखबर
फागुन २५, २०८१ आइतबार १५:५६, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मा (राजेश विक)ले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताएका छन्।

राष्ट्रियसभाको आजको विशेष समयमा उनले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए। उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन।’

सप्तरीको पूर्वी भेगका किसान वन्यजन्तु आरक्षबाट प्रभावित भएका तथा उनीहरूले लगाएको बाली आरक्षका जनावरले नष्ट गरेका भन्दै बाली संरक्षण गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराउँदै सांसद विश्वकर्माले प्रभावित क्षेत्रमा ‘हाइ प्वाइन्ट’ निर्माण गरी बाली संरक्षण गर्न माग गरे। 

‘कोशी किनार क्षेत्रमा हरेक वर्ष जनताले सास्ती खेप्दै आएका छन्। हरेक रात बाली नष्ट भइरहेको छ, जङ्गली जनावारको त्रासले किसान गोठालो गर्न सक्दैनन् ,त्यसैले जनावार र किसानको बाली संरक्षणमा ध्यान दिन आग्रह गर्दछु’, उनले भने।
     

साथै उनले सप्तरीको गजेन्द्रनारायणसिंह अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्थागरी अस्पताल व्यवस्थापन सञ्चालनमा सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए। 

तिलाठी कोइलाडीमा जित्तापुल बनाउन रु एक करोड बजेट विनियोजन भएर डिपिआरसमेत तयार भइसके पनि तीन वर्षसम्म पुलको टेण्डर प्रक्रिया अगाडि नबढेको भन्दै तत्काल पुल निर्माणको काम अगाडि बढाउन माग गरे।

स्थानीय तहलाई सुदृढ बनाउँदै शिक्षा र स्वास्थ्यलाई निःशुल्क गरिनुपर्ने धारणा राखे। उनले शिक्षक आन्दोलनलाई तत्काल वार्ताका माध्यमबाट सम्बोधन गर्न अनुरोध गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad