राजनीति


महिला सशक्तीकरण सोच, व्यवहार र प्रस्तुति देखिनुपर्छः आरजु राणा

महिला सशक्तीकरण सोच, व्यवहार र प्रस्तुति देखिनुपर्छः आरजु राणा

नेपालखबर
फागुन २४, २०८१ शनिबार १९:४, काठमाडौँ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिला सशक्तीकरण सोच, व्यवहार र प्रस्तुतिमा देखिनुपर्ने बताएकी छन्। 

शनिबार ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले परिवारमा महिलाको आवाज महत्वपूर्ण छ कि छैन भनेर खोजी गर्ने समय आएको बताइन्। महिलाले आफ्नो अधिकार आत्मविश्वासका साथ सदुपयोग गर्नुपर्ने उनको भनाइ छ। 

‘परिवारमा पनि महिलाको अवाज कति महत्वपूर्ण छ कि छैन? पूजाआजालगायत सामाजिक कार्यमा महिलाले भनेको कुरा सुनिन्छ। तर अरु आर्थिक कुराहरू, घरका बारेमा, कुनै बच्चाको पढाइका बारेमा महिलाको अवाज सुनिन्छ कि सुनिँदैन?,' उनले भनिन्, 'त्यो भित्र पनि महिलाले आफूलाई खोज्ने र आफूलाई राख्ने प्रयास गर्नुपर्छ। समाजमा, हाम्रो कम्युनिटीमा र देशमा यो सशक्तीकरण भन्ने कुरा हामीलाई हातमा दिनेबित्तिकै प्राप्त गर्ने र टोपी लगाएको जस्तो दौडिने कुरा होइन। यो भित्रैदेखि आफ्नो व्यवहार, आफ्नो सोच र आफ्नो प्रस्तुतिमा आउने कुरा हो र आत्मविश्वासको कुरा हो।’

परराष्ट्रमन्त्री डा. राणाले समानताको हिसाबले महिलाले प्राप्त गरेको अधिकार आफूले उपभोग गरेको अनुभुति हुनु पर्ने बताइन्। महिलाहरूले आफूप्रति सम्मान र आत्मविश्वाससहित अघि बढ्नु पर्नेमा जोड दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad