राजनीति


पूर्वराजालाई प्रचण्डको सुझाव: सत्तामा आउने इच्छा भए पार्टी खोल्नू

पूर्वराजालाई प्रचण्डको सुझाव: सत्तामा आउने इच्छा भए पार्टी खोल्नू

नेपालखबर
फागुन २४, २०८१ शनिबार ९:५९, चन्द्रपुर (रौतहट)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।

तर अब राजतन्त्र पुनःस्थापना असम्भव भएको दाबी प्रचण्डले गरे। 

शनिबार बिहान रौतहटस्थित गरुडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीले राखेका  जिज्ञासामा अध्यक्ष प्रचण्डले भने, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदि उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ।’

अर्को प्रसंगमा अध्यक्ष प्रचण्डले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनका लागि सक्दो पहल गर्ने आश्वासन दिए। यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा सञ्चालनका लागि पार्टीका तर्फबाट सक्दो सहजीकरण गर्ने प्रतिबद्धता उनले जनाए।

अध्यक्ष प्रचण्डसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेको हो। 

अब आज दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad