राजनीति


माओवादीलाई कांग्रेसको चुनौती : कुलमानलाई देवत्वकरण गर्ने भए दलको नेता बनाउनू

माओवादीलाई कांग्रेसको चुनौती : कुलमानलाई देवत्वकरण गर्ने भए दलको नेता बनाउनू

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १५:२५, काठमाडौँ

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिपक्षी दलहरुले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको देवत्वकरण गरेको आरोप लगाएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद घिमिरेले एउटा कर्मचारीमाथि दलीयकरण गरेर प्रतिपक्षी दलहरूले जग हसाँएको समेत आरोप लगाए।

‘एउटा कर्मचारीलाई लिएर दलीयकरण गरेर संसदको सम्पुर्ण प्रतिपक्ष हिजो उठेर एउटा कर्मचारीको पक्षमा उभिएको देख्दा मलाई त लाज पनि लाग्यो। धेरै जना यहाँ प्रधानमन्त्री पनि हुनुभएको छ, मन्त्री पनि हुनुभएको छ,' उनले भने, 'एकजना कर्मचारीका लागि दलीयकरण गरेर यो जग हसाउने काम नगरौँ। उहाँको देवत्वकरण पनि गरौँ। केही राम्रा काम पनि होलान्। केही नराम्रा पक्ष पनि होलान्। नेपालको कर्मचारी तन्त्र दुधले नुहाएको छैन। यो कुरामा क्लियर हुनुस्।’

प्रमुख सचेतक घिमिरेले यसैगरी देवत्वकरण गर्ने भए घिसिङलाई नै प्रतिपक्षी दलको अध्यक्ष बनाउन चुनौती दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad