राजनीति


नेपाल बारको चुनावमा कांग्रेस–एमाले गठबन्धनको प्रयास

नेपाल बारको चुनावमा कांग्रेस–एमाले गठबन्धनको प्रयास

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:३१, काठमाडौँ

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तारूढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनका लागि कसरतमा जुटेका छन्। 

दुवै दलका शीर्ष तहका नेताहरूसमेतको प्रयासमा सत्ता गठबन्धनकै अनुकूल हुने गरी नेपाल बारमा नेतृत्व चयनको प्रयास भइरहेको छ। गएराति अबेरसम्म प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि यस विषयमा छलफल भएको थियो।

आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ। 

हालसम्मको छलफलअनुसार, कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएन (डीएलए) ले अध्यक्षसहित १२ सिट पाउने र एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले महासचिवसहित १३ सिट पाउने गरी भागबन्डा हुँदै छ।

‘सिटको कुरा लगभग मिलिसकेको छ,’ वार्तामा सहभागी स्रोतको भनाइ छ, ‘उम्मेदवार टुंग्याउने प्रयास भइरहेको छ।’

यसअघि नेपाल कानुन व्यवसायी परिषद् र सर्वोच्च अदालत बार एसोसिएसनमा एमालेसँग माओवादी (आरपीएलए) र अन्य दलनिकट संगठनहरूले गठबन्धन गरेका थिए। कांग्रेससँग नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायीको संगठन (एसपीएलए) मिलेको थियो।
केन्द्रीय बारमा कांग्रेस र एमाले मिल्ने भएपछि माओवादी र एकीकृत समाजवादीनिकट संगठनले सहकार्यका लागि छलफल सुरु गरेका छन्।

आरपीएलएका रमनकुमार श्रेष्ठको नेतृत्वमा प्यानल बनाउने गरी यी दुवै संगठन गृहकार्यमा जुटेका छन्।

भोलि (फागुन २२) बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad