कारोबार


एकै महिना रोयल इन्फिल्डले बेच्यो ९० हजार बढी मोटरसाइकल

एकै महिना रोयल इन्फिल्डले बेच्यो ९० हजार बढी मोटरसाइकल

नेपालखबर
फागुन २१, २०८१ बुधबार १४:३२, काठमाडौँ

मिडसाइज मोटरसाइकल सेगमेन्टमा लोकप्रिय दुईपांग्रे कम्पनी रोयल इन्फिल्डले गत महिना (फेब्रुअरी) मा ९० हजार बढी मोटरसाइकल बिक्री गरेको छ। 

कम्पनीले ३५० सीसीदेखि ६५० सीसीसम्मका दुईपांग्रे बिक्री वितरण गर्छ। फेब्रुअरी महिनामा कम्पनीले ९० हजार ६ सय ७० मोटरसाइकल बिक्री गरेको हो। 

गत वर्ष सोही अवधिको तुलनामा यो बिक्री १९ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले ७५ हजार ९ सय ३५ वटा बिक्री गरेको थियो। 

यसमा भारतमा कम्पनीले ८० हजार ७ सय ९९ वटा बिक्री गरेको छ। अघिल्लो वर्ष भारतमा यही अवधिमा ६७ हजार ९ सय २२ वटा बिक्री भएको थियो। 

त्यसैगरी फेब्रुअरीमा कम्पनीले ९ हजार ८ सय ७१ युनिट निर्यात गरेको छ। गत वर्ष फेबु्रअरीमा कम्पनीले ८ हजार १३ वटा निर्यात गरेको थियो। 

कम्पनीका क्लासिक ३५०, बुलेट ३५०, मेटिअर ३५०, गुरिल्ला, हिमालयन र ६५० ट्विन्सजस्ता मोटरसाइकलहरु रहेका छन्। कम्पनीको सुपर मेटिअर ६५० र शटगनजस्ता शक्तिशाली मोटरसाइकलको बिक्री समेत राम्रो देखिएको भारतीय मिडियाले जनाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad