राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले तनहुँ चितवन जोड्ने गरी तनहुँको दक्षिण क्षेत्रको घुमाउनेमा निर्माण सुरु भएको मोटरेबल पुलको प्रगति नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबारको प्रतिनिधिसभाको बैठकमा वाग्लेले पुल बन्न थालेको १० वर्षमा एक प्रतिशत काम पूरा नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
'तनहुँको दक्षिण क्षेत्र घुमाउने घाट पुल बन्न थालेको १० वर्ष भयो एक प्रतिशत पनि काम भएको छैन,' उनले भने, 'यो पुल पोखरा-चितवन सडक २५ किलो छोटो हुन्छ। आठ वर्षमा पनि कत्ति पनि प्रगति नहुनु अकर्मण्यता र निरिहताको बिम्ब हो। राष्ट्रपति हुनुहुन्छ। ठेक्का तोड्दा पुल बन्ने ग्यारेन्टी गरेर काम गर्न आग्रह गर्छु।'
117
Shares

प्रतिक्रिया