संसद् बैठकअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन्। सरकारले अध्यादेश स्वीकृतिका लागि पेस गर्न लागेको अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बसेको हो।
बैठक प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बोलाएका हुन्।
'बैठक संसद् भवनमै बसिरहेको छ,' माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने।
सरकारले आज पाँचवटा अध्यादेश प्रतिनिधिसभामा स्वीकृतिका लागि पेस गर्दैछ।
यी हुन् निर्णयार्थ पेस हुने अध्यादेश
-सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
- आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१
- निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१
- आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
- सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१
Shares

प्रतिक्रिया