राजनीति


संविधान संशोधनको प्रक्रिया अघि बढाइहाल्नुपर्छ : अर्जुननरसिंह केसी

संविधान संशोधनको प्रक्रिया अघि बढाइहाल्नुपर्छ : अर्जुननरसिंह केसी

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १९:५३, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्। 

उनले वर्तमान सरकार गठन हुँदा दुई दलबीच संविधान संशोधनको विषयमा सात बुँदे सहमति भएकाले सरकारमा सहभागी दलहरु इमान्दारिताका सो प्रक्रियामा अघि बढ्नुपर्ने बताए।

नेपाल प्रेस युनियन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले संविधान संशोधनका लागि सरकारमा सहभागी दलसहितको समिति बनाउनुपर्नेमा जोड दिए।

'अहिले देशमा दुई ठूला दल मिलेर सरकार गठन हुनुको कारण देशमा देखिएको अस्थिरता हटाउनु हो। जनतामा देखिएको निराशालाई हटाउन संविधान संशोधन गर्न सरकार गठन भएको हो', नेता केसीले भने, 'सरकारमा रहेका, नरहेका सबै दलसँग छलफल गरेर सहमतिपूर्ण निस्कर्ष निकाल्नु पर्छ।'

नेता केसीले नेपाली कांग्रेसको १५ औँ महाधिवेशन निर्धारित समयभित्रै गरिनुपर्ने बताए। उनले सकेसम्म आगामी २०८२ सालभित्र र नभए २०८४ सालको चुनाव अघि महाधिवेशन हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad