राजनीति


प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

प्रक्रियागत कारणले रोकिएका अध्यादेश छिट्टै स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

फाइल फोटो


नेपालखबर
फागुन १६, २०८१ शुक्रबार १७:२६, काठमाडौँ

गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय निजि तथा आवासीय विद्यालय ऐसोसिएसन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री लेखकले सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको बताउँदै छिट्टै सदनबाट स्वीकृत हुने बताए।

‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ’ गृहमन्त्री लेखकले भने, ‘हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौँ।’

त्यसैगरि उनले सरकारले ल्याएको अध्यादेशले निजि क्षेत्र उत्साहित भएको दाबी गरे।

‘हाम्रो संविधानले पनि तीन खम्बे अर्थ नितिको व्यवस्था गरेको छ’उनले भने, ‘निजि क्षेत्रका लागि सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्न लागेको छ।’

उनले शिक्षा, स्वास्थ्यको क्षेत्रका केहि छैन भन्ने भाष्य निमार्ण भएको बताउँदै लोकतन्त्रका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएको बताए।

सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने उनको भनाई थियो।

निजि तथा आवासीय विद्यालयहरुले आफुभित्र भएका समस्याहरु स्वःनियमन गरेर समाधान गर्नुपर्नेमा मन्त्री लेखबले जोड दिए।

उनले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताउँदै देश विकासको लागि स्थिर सरकार बनाएका बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad