राजनीति


पाथिभरामा बाहिरका मान्छेले राजनीति गर्न खोजे : सांसद खतिवडा

पाथिभरामा बाहिरका मान्छेले राजनीति गर्न खोजे : सांसद खतिवडा

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १८:३२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथिभारा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन्।

बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरुबीच भएको छलफलपछि उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन्। 

उनले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताए। स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निस्कर्ष निकाल्नु पर्नेमा जोड दिए।

सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभइ बाहिरका व्यक्तिहरुले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए। सबै पार्टीका नेताहरुलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निस्कर्षमा पुग्ने उनको भनाइ छ।

उनले भने, ‘विकास निर्माणका कामहरु अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस्। तर त्यहाँका स्थानीय जनताका मागहरु के के छन् स्थानीय लेभलमा सम्बोधन हुनुपर्‍यो। स्थानीय लेभलका मान्छेलाई बाहिरका मान्छेले उचालेर स्थानीय भन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस्। तर यस्को मतलव सरकारले जबरजस्ती पेलेर जाने नीतिमा जानु हुँदैन। समस्याको समाधान भनेको वार्ता नै हो। स्थानीय तहका जनप्रतिनिधिहरु सबैसँग छलफल गरेर एउटा निस्कर्षमा पुग्नु पर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad