राजनीति


भूमि अध्यादेशबारे अन्तरक्रिया गर्दै जसपा नेपाल

भूमि अध्यादेशबारे अन्तरक्रिया गर्दै जसपा नेपाल

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:८, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेश बारे अन्तरक्रिया कार्यक्रमको गर्ने भएको छ। जसपा नेपालनिकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरूको सहभागितामा भूमि अध्यादेश बारे अन्तरक्रिया गर्न लागेको हो। 

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटको मैत्री हलमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रित गरिएको छ। 

यसैगरी, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्र सिंह यादवलाई पनि प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ। 

विज्ञ वक्ताको रुपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादवलाई आमन्त्रित गरिएको छ। 

सरकारले ल्याउन लागेको ६ वटा अध्यादेश मध्ये भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको किटान गर्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने यसअघि नै औपचारिक निर्णय गरिसकेको छ। 

भूमि अध्यादेश पारित भए देशभरीकै सार्वजनिक जग्गाको चरम दुरुपयोेग हुने भन्दै जसपा नेपालको अडानले गर्दा ती अध्यादेशहरू अहिले संसदमा अलपत्र परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad