राजनीति


भूकम्पपछिको पुनःनिर्माणका लागि तीन जिल्लामा प्राधिकरणको कार्यालय स्थापना हुने

भूकम्पपछिको पुनःनिर्माणका लागि तीन जिल्लामा प्राधिकरणको कार्यालय स्थापना हुने

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १४:४८, काठमाडौँ

पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ।

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो। 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आँकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे। 

उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डीडीए भइसकेकोले पुनःनिर्माण अघि बढाउने र हुन बाँकीको डीडीए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए। सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि जानकारी दिए।

उनले भने, ‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरुमा भएको क्षतिको क्षति आकलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको छ। त्यसपछि हामी पुनः निर्माण र पुनः स्थापनाको काम अगाडि बढाउँछौँ। यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ त्यसको पुनःनिर्माण अगाडि बढ्छ। डीडीए हुन नसकेको पनि डीडीए हुन्छ। यो कामका लाग जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने गरेर हामी यो महिनाभित्र नै कार्यालय स्थापना गर्छौं। अब यो पुनःनिर्माण र पुनः स्थापनाको काम द्रुत गतिले अघि बढ्छ।’

उनले भूकम्पपछिको पुनःनिर्माण र पुनः स्थापनाको का द्रुत गतिमा अघि बढ्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad