समाज


खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : खानेपानी मन्त्री यादव

खानेपानी संस्थान कोमामा छ, नाफामा ल्याएरै छोड्छु : खानेपानी मन्त्री यादव

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १५:१, काठमाडौँ

खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थान कोमामा रहेको भन्दै नाफामुलक कसरी बनाउने भन्नेबारेमा गम्भीर हुन आग्रह गरेका छन्।  

बिहीबार काठमाडौँमा नेपाल खानेपानी संस्थानको ३६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले घाटामा रहेको खानेपानी संस्थानलाई कसरी नाफामा ल्याउने भन्नेबारेमा सबैले गम्भीर भएर काम गर्नुपर्ने बताएका हुन्।  

‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ। घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरै जसो शाखाहरू घाटामा नै छ। यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्वपूर्ण कुरा हो। घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ,' उनले भने, 'यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ। नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ। तर कसरी संस्था नोक्शानमा गयो। कसको कारणले गयो ? त्यसकारणले गर्दा संस्थप्रति इमान्दार भइदिन आग्रह गर्दछु। नेपाल खानेपानी संस्थान ३६ औं वार्षिकोत्सव मनाउँदाको मितिमा संस्था कोमामा छ। कोमाबाट कसरी निकाल्ने, यसमा हामी सबैको ध्यान जान जरुरी छ। १० महिनादेखि निमित्त जिएममा चलेको थियो, आज पूर्णता दिइसकेका छौँ।’

मन्त्री यादवले खानेपानी सेवा महशुल दरमा पुनःविचार गर्नुपर्ने आवश्यकता रहेको बताए। पानीको गुणस्तर र परिमाणमा वृद्धि गर्ने, खानेपानी महशुल समयानुसार समयानुकुल गर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ छ।  

‘नेपाल खानेपानी संस्थान करिव ११ वर्ष पहिला निर्धारण भएको खानेपानी सेवा महशुल दरमै चलिरहेको छ,' उनले भने, 'बिजुली त पक्कै फ्रि छैन होला। फ्रि छैन भने महशुलमा पनि हामीले विचार गर्नुपर्छ। अब नियमावली पनि आइसकेको छ। त्यसले तपाईंहरूको लागि धेरै बाधाहरू हटेको छ। महशुलमा पनि पुनःविचार गर्नुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad