राजनीति


कांग्रेसका नेताहरूलाई लागिसक्यो १५औं महाधिवेशन, १४ विभाग गठनको छैन टुंगो

कांग्रेसका नेताहरूलाई लागिसक्यो १५औं महाधिवेशन, १४ विभाग गठनको छैन टुंगो

नेपालखबर
फागुन १५, २०८१ बिहिबार १३:५४, काठमाडौँ

नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर २४ गते ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ सम्पन्न भयो। 

कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा पार्टी महाधिवेशन हुनुपर्ने हो। नियमित समयमा महाधिवेशन भए ०८२ मंसिरमा १५‍औँ महाधिवेशन हुनुपर्छ।  नेताहरू अर्को महाधिवेशनको तयारीमा देश दौडाहा गरिरहँदा पार्टीका विभाग गठनलाई भने बेवास्ता गरिरहेका छन्। 
कांग्रेस विधानले महाधिवेशन सकिएको ६ महिनाभित्र विभाग र समिति गठन हुनुपर्ने व्यवस्था गरेको छ। तर पार्टीका १४ विभागले अहिलेसम्म पनि नेतृत्व पाउने सकेका छैनन्।  

कांग्रेसका ५९ विभाग भने गठन भइसकेका छन्। केहीले अधिवेशनको तयारी पनि गरिरहेका छन्। 

कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार महामन्त्री गगनकुमार थापाले केन्द्रीय समिति बैठकमा प्रस्ताव गरेको ७२ विभाग पारित भए पनि पछि यसलाई ६९ कायम गरिएको हो। केही विभागको काम र नाम उस्तै प्रकृतिको भएपछि मर्ज गरिएको उनको भनाइ छ। 

१४औं महाधिवेशनमा पनस केही विभाग गठन नै नगरी महाधिवेशन गरेको कांग्रेसले गत साउन २३ को केन्द्रीय समिति बैठकअघि मात्र विभाग गठन प्रक्रिया सुरु गरेको थियो।  

गठन नभएका विभागको काम कसले गरिरहेको छ? 

विश्वकर्माका अनुसार गठन नभएका विभागले गर्ने काम सभापति शेरबहादुर देउवा तथा महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरिरहेका छन्। 'अहिले गठन भइसकेका विभागहरूको कार्यदेश बन्दैछ,' उनले भने, 'बनिसकेकाहरूको कार्यदेश बनिसकेपछि अन्यको काम सुरु हुन्छ। गठन गर्न बाँकी विभाग पनि छिटै गठन हुन्छन्।'
   

गठन हुन नसकेका विभागहरू 
१) संगठन विभाग 
२) अन्तर्राष्ट्रिय सम्बन्ध विभाग 
३) तरुण विभाग 
४) वन विभाग 
५) पार्टी सम्पर्क विभाग 
६) भातृ संघ समन्वय विभाग 
७) गैरआवासीय नेपाली समन्वय विभाग 
८) पूर्वराष्ट्रसेवक कर्मचारी समन्वय विभाग 
९) विकास तथा पूर्वाधार विभाग 
१०) सुशासन तथा अनुगमन विभाग 
११) विपद् व्यवस्थापन विभाग 
१२) भूपू प्रहरी विभाग 
१३) मुक्त समुदाय पुनस्र्थापना समन्वय विभाग 
१४) तथ्यांक–अध्ययन विश्लेषण विभाग

गठन भइसकेका विभाग र तीनका संयोजक 
१. अभिलेख, अनुगमन तथा मूल्यांक विभाग – मानबहादुर विश्वकर्मा 
२. सामाजिक संघ संस्था समन्वय विभाग – अर्जुनप्रसाद जोशी 
३. प्रदेश समन्वय विभाग  – कृष्णचन्द्र नेपाली पोखरेल 
४. महिला विभाग  – पुष्पा भुसाल 
५. सूचना सञ्चार तथा प्रचार विभाग – मीनबहादुर विश्वकर्मा 
६. राज्य प्रशासन विभाग – गोविन्द भट्टराई 
७. वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग – कल्याणकुमार गुरुङ 
८. उद्योग तथा व्यापार विभाग – चीनकाजी श्रेष्ठ 
९. सहकारी विभाग – देवेन्द्रराज कँडेल 
१०. पेसागत तथा बुद्धिजीवी विभाग – डा. डिला संग्रौला 
११. तराई–मधेश समन्वय विभाग – किरण यादव 
१२. दलित समुदाय समन्वय र सशक्तकरण विभाग – लक्ष्मी परियार 
१३. धर्म–संस्कृति समन्वय विभाग – ध्यानगोविन्द रञ्जित 
१४. सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग – शिवप्रसाद हुमागाईं 
१५. वित्तीय संस्था समन्वय विभाग – कर्णबहादुर बुढा 
१६. विपन्न उत्थान समन्वय विभाग – डा. गोपाल दहित
१७. थारू विभाग – योगेन्द्र चौधरी 
१८. नेपाली जनसम्पर्क समिति समन्वय विभाग – किरणराज शर्मा पौडेल 
१९. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप  विभाग – कृष्णकिशोर घिमिरे
२०. ज्येष्ठ नागरिक समन्वय विभाग – गेहेन्द्र गिरी 
२१. प्राकृतिक स्रोत विभाग – तारामान गुरुङ 
२२. पर्यटन विभाग – आङ्गेलु शेर्पा 
२३. स्थानीय तह समन्वय विभाग – मधु आचार्य 
२४. निर्माण व्यवसाय समन्वय विभाग – मदनबहादुर अमात्य 
२५. संघीय मामिला समन्वय विभाग – चन्द्रबहादुर केसी 
२६.  कानुन विभाग – मानबहादुर नेपाली 
२७. खेलकुद विभाग – उमेशजंग रायमाझी 
२८. शुभेच्छुक संस्था समन्वय विभाग – अब्दुल सत्तार 
२९. शिक्षा विभाग – नैनसिंह महर 
३०. विद्यार्थी विभाग – राजीव ढुंगाना 
३१. संसदीय मामिला विभाग – गोविन्दबहादुर शाह 
३२ गैरसरकारी संस्था समन्वय विभाग – डा. रणबहादुर रावल 
३३. आदिवासी जनजाति विभाग – दिलमान पाख्रिन 
३४. भूपू सैनिक विभाग – महेन्द्रकुमारी लिम्बू 
३५. कृषि तथा किसान विभाग – उमेश श्रेष्ठ 
३६. स्वास्थ्य विभाग – डा. चन्द्रमोहन यादव 
३७. मुस्लिम विभाग – मैकुलाल वाल्मीकि
३८. वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग – प्रकाश रसाइली स्नेही 
३९. पिछडिएको क्षेत्र समन्वय विभाग – रंगमती शाही 
४०. आपूर्ति तथा उपभोक्ता विभाग – गुरु बराल 
४१. श्रमिक तथा ट्रेड युनियन विभाग – हरिशरण नेपाली 
४२. आर्थिक नीति तथा योजना विभाग – प्रा.डा. गोविन्दराज  पोखरेल 
४३. विज्ञान तथा सूचना प्रविधि विभाग – सुशीला मिश्र भट्ट 
४४. जिल्ला सम्पर्क समिति समन्वय विभाग – नानु बास्तोला 
४५. पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग – अजयबाबु शिवाकोटी 
४६. अपांगता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग – मदनकृष्ण श्रेष्ठ 
४७. भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोवास समन्वय विभाग – नृपबहादुर वड 
४८. व्यवसायिक सीप विकास विभाग – गंगालक्ष्मी अवाल 
४९. पूर्वआप्रवासी समन्वय विभाग – दिनेश कोइराला 
५०. साहित्य, कला तथा संस्कृति विभाग – विद्यादेवी तिमिल्सिना  
५१. बालबालिका तथा किशोर–किशोरी विभाग – डा. जीवन राना 
५२. उद्यमशीलता र साना तथा मझौला व्यवसाय विकास विभाग – उर्मिला थपलिया 
५३. नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग – लक्ष्मी खतिवडा 
५४. मानव अधिकार विभाग – धना खतिवडा 
५५. ऊर्जा तथा जलस्रोत विभाग – अनिलकुमार रुंगटा 
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad