महाशिवरात्रीको पुर्वसन्ध्यामा गृहमन्त्री रमेश लेखक पशुपतिमा पुगेका छन्। मंगलबार बेलुका सुरक्षा अवस्था बारे बुझ्न लेखक पशुपति पुगेका उनको सचिवालयले जानकारी दिएको छ।
पशुपतिमा पुगेर गृहमन्त्री लेखकले त्यहाँका सुरक्षा इन्चार्जहरुसँग सुरक्षा व्यवस्था बारे जानकारी लिएका छन्। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी टेकबहादुर तामाङ र जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज अधिकारीले गृहमन्त्रीलाई त्यहाँको सुरक्षा व्यवस्था बारे जानकारी गराएका थिए।
नेपाल प्रहरीले पशुपति क्षेत्रमा सुरक्षाकाक लागि ३ हजार ५ सय जनशक्ति परिचालन गरेको जनाएको छ। यस्तै सशस्त्र प्रहरीले पनि १ हजार ३ सय जना परिचालन गरेको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार साँझ पशुपति मन्दिर पुगेर दर्शन तथा अवलोकन गरेका छन्।



Shares

प्रतिक्रिया