कारोबार


अमेरिकी डलर, युरोको भाउ बढ्यो, अरूको के भयो?

अमेरिकी डलर, युरोको भाउ बढ्यो, अरूको के भयो?

नेपालखबर
फागुन १४, २०८१ बुधबार ५:२७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

जसअनुसार हिजो (मंगलबार) को तुलनामा आज अमेरिकी डलर, युरोपियन युरो, पाउन्ड स्ट्रलिङको विनिमय दर बढेको छ। 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १ सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०२ पैसा थियो। 

राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ५२ पैसा कायम भएकोछ। हिजो युरोपियन युरो १ को खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा थियो। 

यस्तै आज यूके पाउन्ड स्ट्रलिङ १ को खरिददर १ सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १ सय ७६ रुपैयाँ ६३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १७४ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७४ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ। क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०५ पैसा, सिंगापुर डलर १ को खरिददर १ सय तीन रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । 

स्विस फ्रयाङ्क १ को खरिददर १ सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १ सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २९ पैसा र बिक्रीदर नौ रुपैयाँ ३३ पैसा, चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ १७ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३७ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७ रुपैयाँ २९ पैसा, कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ २० पैसा र बिक्रीदर ३८ रुपैयाँ ३६ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ १३ पैसा र बिक्रीदर ४ रुपैयाँ १५ पैसा, यूएई दिराम १ को खरिददर ३७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०८ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७५ पैसा, स्विडिस क्रोनर १ को खरिददर १३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३ रुपैयाँ १५ पैसा र डेनिस क्रोनर १ को खरिददर १९ रुपैयाँ  ५६ पैसा र बिक्री दर १९ रुपैयाँ ६४ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७ रुपैयाँ ९९ पैसा, कुवेती दिनार १ को खरिददर ४ सय ५१ रुपैयाँ ३३ पैसा र बिक्रीदर ४ सय ५३ रुपैयाँ २८ पैसा, बहराइन दिनार १ को खरिददर ३ सय ६९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३ सय ७१ रुपैयाँ ०३ पैसा, ओमनी रियाल १ को खरिददर ३ सय ६१ रुयैयाँ ६६ पैसा र बिक्रीदर ३ सय ६३ रुपैयाँ २२ पैसा छ।

भारतीय रुपैयाँ १ सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकेको छ।

तर यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

हेर्नुहोस् राष्ट्र बैंकले जारी गरेको आजको विनिमय दरको सूची-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad