राजनीति


शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली

शिवरात्रिको पूर्वसन्ध्यामा पशुपति पुगे प्रधानमन्त्री ओली

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन १३, २०८१ मंगलबार १९:२६, काठमाडौँ

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री केपी शर्मा ओली पशुपति मन्दिर दर्शन तथा अवलोकनका लागि  पुगेका छन्।   

ओलीले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको व्यवस्थापन तयारीबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिई पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहजरुपमा भक्तजनको दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए। 

प्रधानमन्त्री ओलीका साथ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका हुन्। 

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी फागुन १२ गतेदेखि १५ गतेसम्म पशुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ। 

शिवरात्रीको अवसरमा बुधबार पशुपति मन्दिरका चारैवटा ढोका खुल्ला हुनेछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad