कोशी


कोसी प्रदेश सरकार मन्त्रिपरिषद् बैठक : आयोजना बैंक व्यवस्थापन कार्यविधि स्वीकृत

कोसी प्रदेश सरकार मन्त्रिपरिषद् बैठक : आयोजना बैंक व्यवस्थापन कार्यविधि स्वीकृत

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १९:३१, काठमाडौँ

कोसी प्रदेश सरकारले आयोजना बैंक सञ्चालन गर्ने सम्बन्धी कार्यविधि स्वीकृत गरेको छ। मङ्गलबार साँझ बसेको कोसी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कोसी प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि २०८१ लाई स्वीकृत गरेको हो। 

कोसी प्रदेशमा बन्ने आयोजना बैङ्कलाई व्यवस्थित गर्नको लागि आयोजना बैङ्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार पारिएको सरकारले जनाएको छ।  

कोसी प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन्मन्त्री रेवतीरमण भण्डारीले कार्यविधि स्वीकृत भएसँगै योजना तर्जुमा, योजना छनौट, योजनाको स्वीकृति सम्बन्धी सुशासनलाई व्यवस्थापन गर्ने कामको प्रारम्भ भएको बताए।

बैठकले सुरक्षा निकायको भवन निर्माण गर्ने रकम बाँडफाँड समेत गर्ने निर्णय गरेको छ। 

‘प्रदेश सरकारले विभिन्न सुरक्षा निकायका भवनहरू बनाइदिने सम्बन्धमा आवश्यक रकम विनियोजन गरिएको थियो,’ मन्त्री भण्डारीले भने, ‘त्यसलाई बाँडफाँड गर्ने प्रस्ताव स्वीकृत भएको छ।’  

आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि प्रदेश सरकारबाट कार्यान्वयन गरिने समपूरक र विशेष अनुदान अन्तरगतका आयोजनाहरू स्वीकृत गरी सङ्घीय योजना आयोगमा पठाउने निर्णय पनि गरेको छ। 

त्यस्तै सामाजिक सङ्घ संस्था दर्ता ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सरकारको विषयगत समितिमा पठाउने र विषयगत समितिले तत्काल अध्ययन गरी सुझाव सहित मन्त्री परिषद्मा पेस गर्ने निर्णय भएको समेत उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad