राजनीति


शशांक कोइराला पनि भन्न थाले २०८२ सालमै पार्टी महाधिवेशन

शशांक कोइराला पनि भन्न थाले २०८२ सालमै पार्टी महाधिवेशन

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १९:१९, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शशांक कोइरालाले ०८२ सालमै पार्टीको अधिवेशन गर्नुपर्ने बताएका छन्। 

यसअघि पुस १६ गते चितवन पुगेर पार्टी महाधिवेशन आम निर्वाचनपछि गर्नुपर्ने अभिव्यक्ति दिएका शशांकले मंगलबार जनकपुर पुगेर निर्धारित समयमै ‍गर्नुपर्ने बताएका हुन्।  

चुनावको बेलामा अधिवेशन गराए निर्वाचनमा पार्टीलाई गाह्रो उनको भनाइ छ।

‘चुनावभन्दा दुई पहिला अधिवेशन गराएको राम्रो हो। तर त्यसपछि गरायो भने हामी अफ्ठ्यारोमा पर्छौँ। चुनावको मुखमा अधिवेशन गरियो भने तिक्तताको बाटो हुन्छ,' उनले भने, 'त्यसैले चुनावको दुई वर्ष पहिला गर्नुपर्छ। ०८२ सालमा गर्नुपर्छ।'

२०८२ मा गराउन नसकेमात्रै चुनावपछिबारे सोच्नुपर्ने उनको भनाइ छ।  

कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिरमा भएको थियो। विधानअनुसार चार/चार वर्षमा महाधिवेशन हुनुपर्छ। त्यसैले १५औँ महाधिवेशन २०८२ मंसिरभित्र गर्नुपर्छ। तर, पार्टीको विधानको व्यवस्थाअनुसार विशेष परिस्थिति उल्लेख गरेर सभापति शेरबहादुर देउवाले थप एक वर्ष लम्ब्याउन पनि सक्नेछन्। 

कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ भन्दै शेखर कोइराला पनि देश दौडाहामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad