राजनीति


आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्न आमसञ्चार परिषद् विधेयक ल्याइएको होः सञ्चारमन्त्री

आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्न आमसञ्चार परिषद् विधेयक ल्याइएको होः सञ्चारमन्त्री

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १७:३८, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयन गर्दै पत्रकारिता पेशालाई स्वस्छ, स्वतन्त्र र जिम्मेवार बनाउन आमसञ्चार परिषद् विधेयक ल्याइएको बताएका छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विधेयकको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले यस्तो बताएका हुन्।  

आमसञ्चार क्षेत्रलाई समयसापेक्ष बनाउनका लागि विधेयक ल्याइएको दाबी उनको दाबी छ। स्वतन्त्र रुपमा पत्रकारिताको विकास र संरक्षण गर्ने तथा स्वनीयमलाई प्रवर्द्धन तथा नयाँ ऐनको व्यवस्था गर्नुपर्ने भएकोले विधेयक ल्याइएको गुरुङको भनाइ छ।

‘आमसञ्चार नीति, २०७३ को कार्यान्वयनको लागि र समयसापेक्ष रुपमा विद्युतीय अनलाइन, छापा र पत्रकारिता पेसालाई स्वस्छ, स्वतन्त्र, जिम्मेवार र उत्तरदायी बनाइ स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिताको विकास र संरक्षण गर्ने तथा स्वनियमलाई प्रवर्द्धन गर्न एवं नयाँ ऐनको व्यवस्था गर्नुपर्ने भएको हुनाले यो विधेयक लाइएको हो,' उनले भने।

प्रेस काउन्सिललाई अझै प्रभावकारी बनाउनको लागि र त्यसले समेट्न नसकेका क्षेत्रहरूलाई समेटेर अगाडि बढाउनको लागि आमसञ्चार परिषद् विधेयकको प्रस्ताव गरेको गुरुङ बताउँछन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad