राजनीति


संसद्‌मा सरकारले बलमिच्याइँ गर्‍यो : रेखा शर्मा

संसद्‌मा सरकारले बलमिच्याइँ गर्‍यो : रेखा शर्मा

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८१ मंगलबार १४:५७, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले सरकारले संसदमा बलमिच्याइँ गर्न खोजेको आरोप लगाएकी छन्।  

प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले यस्तो आरोप लगाएकी हुन्। उनले संसदीय समितिबाट पारित भएको विधेयकसमेत मन्त्रीले संशोधन गरेको उनको आरोप छ।  

उनले सरकारले संसद्‌मा विचाराधीन विधेयकसमेत फिर्ता नलिई अध्यादेश जारी गरेको र मन्त्रीका होटेलहरूमा समितिको बैठक राख्ने गरेको बताइन्।

संसद्‌मा प्रतिपक्षी दलका नेताहरूले सोधेको प्रश्नको जवाफसमेत सरकारले नभई सत्तारुढ दलका सांसदहरूले दिने गरेको आरोप लगाइन्।

 'हामी देखिरहेका छौँ संसदमाथि सरकारको निरन्तर बलमिच्याइँ भइरहेको छ। संसदीय समितिबाट पारित विधेयकलाई मन्त्रीबाट संशोधन हुन्छ। संसद्‌मा विचाराधीन विधेयकलाई फिर्ता समेत नलिई अध्यादेश जारी हुन्छ, मन्त्रीका होटेलहरूमा समितिका बैठकहरू आयोजना गरिन्छन्,' उनले भनिन्, 'प्रश्नोत्तर कार्यक्रममा जवाफ नदिएर अपमान गर्ने?। प्रतिपक्षी दलका नेताहरूले सोधेका प्रश्नहरूको जवाफ सरकारले हैन पनि सत्तारुढ दलका सांसदहरूले दिनुहुन्छ। यस प्रकारको गतिविधि रोकिनुपर्छ।'

उनले सरकारले संसदमाथि गरिरहेको बलमिच्याईं रोकिनुपर्ने बताइन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad