नेपाली कांग्रेसका सांसद उदयशमशेर जबराले सहकारीको समस्याका कारण नेपाल ग्रे लिस्टमा परेको बताए।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राख्नुको मुख्य कारण सहकारी रहेको जिकिर गरे।
उनले सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत नखोजिने कारण पनि यी समस्या बढेको बताए।
‘फाइनान्सियल एक्सन टास्क फोर्सले नेपाललाई ग्रे लिस्टमा राखेको छ। विशेष गरी सम्पत्ति शुद्धीकरणको विषय केन्द्रित हो,' उनले भने, 'नेपाललाई ग्रे लिस्टमा राखेको मुख्य कारण सहकारीको कारण हो। सहकारीमा कोही व्यक्तिले जम्मा गरेको पैसाको स्रोत कहाँबाट आयो भन्ने खोजिँदैन। त्यसैले अब सरकारले सहकारीलाई नियमन गर्नको निम्ति पनि क्षमता बढाउनुपर्छ।'
नेपालमा बैंकलाई कारबाही गर्ने र सहकारीलाई खुला छोड्दा समस्या आएको उनको दाबी थियो।
'अहिले हामीले नेपालमा बैंकलाई कसी कसी गर्ने र सहकारीलाई खुला गर्ने गर्दा पनि यो समस्या आएको हो’उनले भने।
Shares

प्रतिक्रिया