राजनीति


निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण प्रगति देखिएन : सांसद जोशी

निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण प्रगति देखिएन : सांसद जोशी

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १४:४, काठमाडौँ

भौतिक पूर्वाधार मन्त्रालयबाट सुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरू लामो समयसम्म कामको प्रगति नदेखिएकोबारे संसद्मा प्रश्न उठेको छ।

आजको प्रतिनिधिसभामा बैठकमा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद भानुभक्त जोशीले त्यस्ता सडकहरूको प्रगति राम्रो नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले सातदिन भन्दा बढी फाइल नरोकिने बताए पनि भौतिक पूर्वाधार मन्त्रालयबाट १२ वटा पक्की पुलसम्बन्धि फाइल अघि नबढेको बताए। 

‘भौतिक पूर्वाधार मन्त्रालयबाट शुरु भएका निर्वाचन क्षेत्र रणनीतिक सडकहरू लामोसमयसम्म कामको प्रगति देखिएको छैन,' उनले भने, 'सरकारले त्यसबारे किन ध्यान दिएको छैन। ध्यानाकर्षण गराउन चाहन्छु।’

बझाङ जिल्लाका अरु सिंचाई योजनाहरू समेत सुरु नभएको उनको भनाइ छ। ती योजनामा परेको बजेट सरकारका मान्छेले अन्यत्र सार्न खोजेको आरोपसमेत जोशीले लगाए।    
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad