राजनीति


‘गाउँगाउँमा सिंह गयो दरबार गएन, ओ‌ली सरकारबाट जनताको कहिल्यै भलो भएन’

‘गाउँगाउँमा सिंह गयो दरबार गएन, ओ‌ली सरकारबाट जनताको कहिल्यै भलो भएन’

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १४:०, काठमाडौँ

केपी ओली नेतृत्वको सरकारले कहिल्यै जनताको हितमा काम गरेन : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले काठमाडौँ महानगरसहित देशका धेरै स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत बिहीन भएको भन्दै तत्काल पठाउन सरकारसँग माग गरेका छन्। 

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हितमा कहिल्यै काम नगरेको आरोप लगाएका हुन्।

'गाउँगाउँमा सिंह गयो, दरबार गएन। ओली सरकारबाट जनताको कहिल्यै भलो भएन,' उनले भने, 'आज काठमाडौं महानगरपालिकालगायत देशका धेरैभन्दा धेरै पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकिएर राखिएको छ। आज देशका सबै शिक्षक, कर्मचारीहरूका तलब ठप्प छन्। काठमाडौं महागरपालिकामा मात्रै सरसफाई गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। यो ओली सरकारलाई पाप लाग्ला।'

उनले सरकारको आडमा कर्मचारीलाई रोकेर स्थानीय तहलाई ठप्प नपार्न चेतावनी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad