राजनीति


सवारी दुर्घटनाका घाइतेलाई नि:शुल्क उपचारको व्यवस्था गर्न माग

सवारी दुर्घटनाका घाइतेलाई नि:शुल्क उपचारको व्यवस्था गर्न माग

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १३:५४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सवारी दुर्घटनामा घाइते भएकाहरूलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।  

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। उनले काठमाडौंबाट ओखलढुंगा जाने क्रममा मंगलबार बिहान भएको बस दुर्घनामा परी १७ जना भाइते भएको बताए। 

उनले घाइते भएकाहरूको खर्चको अभावमा उपचार गर्न कठिनाइ भइरहेको जानकारी गराए। 

‘बेला बेला सडक दुर्घटनाबाट मान्छेहरू घाइते भएर आउने सबै बेहाल भएर हस्पिटल पुग्ने तथा हस्पिटलमा करोडौं बिल उठ्ने र बस धनीले उपचारको खर्च नतिर्ने व्यवस्थालाई अन्त्य गर्नको लागि सवारी दुर्घटनामा घाइते सबैको सरकारको तर्फबाट निःशुल्क उपचार गर्न माग गर्दछु,' उनले भने, 'सम्पूर्ण दुर्घटनामा परेका बिरामीहरूलाई सरकारले निःशुल्क उपचार गरोस् भनेर माग पनि गर्न चाहन्छु।' 

उनले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा ज्येष्ठ नागरिकलाई समस्या भएको पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad