राजनीति


वाग्मती प्रदेश सरकारद्वारा १० करोडको आपत्कालीन उपचार कोष

वाग्मती प्रदेश सरकारद्वारा १० करोडको आपत्कालीन उपचार कोष

नेपालखबर
चैत ११, २०७६ मंगलबार १४:१२,

वाग्मती प्रदेश सरकारले कोरोना भाइरसको उपचार र नियन्त्रणको लागि आपत्कालीन उपचार कोषको स्थापना गरेको छ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले रु १० करोडको आपत्कालीन कोषको स्थापना गरेको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

उक्त कोषमा मुख्यमन्त्री पौडेललगायत अन्य मन्त्रीहरु र राजनीतिक नियुक्ति हुनुभएका व्यक्तिले एक महिनाको तलब सहयोग गर्नुभएको समेत उनले जानकारी दिए। बैठकले खाद्यान्न तथा दूध आपूर्तिको सहज व्यवस्थापन मिलाउन उक्त सामग्री ढुवानी गर्ने सवारीको सञ्चालनमा छुट दिइनेसमेत निर्णय गरेको छ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकाद्वारा स्थापना भएको कोरोना भाइरस संक्रमण नियन्त्रण उपचार कोषमा एक महिनाको तलब सहयोग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad