जर्मनीमा आइतबार भएको आम चुनाव जितेपछि कन्जरभेटिभ पार्टीका नेता फ्रेडरिक मर्जले युरोपेली देशहरूलाई अमेरिकासँग सचेत रहन चेतावनी दिएका छन्।
जर्मनीमा निर्वाचन जित्दै कन्जरभेटिभ सीडीयू पार्टी संसद्मा सबैभन्दा ठूलो दल बनेको छ।
फ्रेडरिक मर्ज जर्मनीको अर्को चान्सलर बन्ने तयारीमा छन्।
उनले अमेरिका युरोपको भविष्यका लागि ‘धेरै परिवर्तन’ भइसकेको बताउँदै अब युरोप यसबाट अलग हुनुपर्ने बताएका हुन्।
उनले आइतबारको चुनावमा अमेरिकी अधिकारीहरूले हस्तक्षेप गरेको आरोप लगाउँदै आलोचना पनि गरेका छन्।
चुनाव ट्रम्प प्रशासन र इलोन मस्कले अति-दक्षिणपन्थी पार्टी एएफडीलाई समर्थन गरेका थिए।
युक्रेनलाई समर्थन
रुस-युक्रेन युद्धको तीन वर्ष पूरा भएको अवसरमा पनि फ्रेडरिक मर्जले प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘युरोपमा तीन वर्षको युद्धका क्रममा हामीले विनाश र युद्ध अपराधका भयानक दृश्य देखेका छौँ। अब हामीले युक्रेनलाई पहिलेभन्दा बढी बल दिन आवश्यक छ। शान्तिका लागि आक्रमणमा परेको देश शान्ति वार्ताको हिस्सा हुन जरुरी छ।’
Shares

प्रतिक्रिया