काठमाडौँ-तराई-मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको समयावधि थपिने भएको छ।
नेपाली सेनाले हालसम्म गरेका कामका बारेमा जानकारी दिन आइतवार नेपाली सेनाको मुख्यालयमा आयोजित कार्याक्रममा यस्तो जानकारी दिएको हो।
काठमाडौँ-तराई-मधेश द्रुत मार्गका प्रमुख उपरथी कमलविक्रम शाहले गत असोज १२ र १३ गतेको भीषण वर्षाका कारण निर्माणमा ढिलाइ भएको बताए। उनले खोकनाको जग्गा विवाद समयमै हल हुन नसके निर्माणको समयावधि थपिने निश्चित भएको बताए।
शाहले भने, ‘नेपाली सेनाले लिएको काम नगर्ने भन्ने त कुरै हुँदैन। त्यसमा त हामी दिनरात लागेर प्रयास गरिरहेका छौँ। गत असोज १२ र १३ गतेको भीषण वर्षाले हाम्रो काममा धेरै ह्याम्पर गरेको कारणले पनि काममा केही ढिलाइ भएको हो।’
असोज १२ र १३ गतेको भीषण वर्षाका कारण बख्खुबेसीदेखि सिस्नेरीसम्मको फास्ट ट्रयाक निर्माणको भौगोलिक अवस्था नै परिवर्तन भएको नेपाली सेनाको भनाइ छ।
Shares

प्रतिक्रिया