राजनीति


‘कृषि क्रान्ति’ भन्दै जुम्लामा स्याउ रोप्‍न थाले विप्लव

‘कृषि क्रान्ति’  भन्दै जुम्लामा स्याउ रोप्‍न थाले विप्लव

नेपालखबर
फागुन ११, २०८१ आइतबार १६:१५, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव सी'ले जुम्लामा स्याउँ रोपन कार्यक्रमको सुरुवात गरेका छन्।  

नेकपाको केन्द्रीय कार्यलयको आयोजनामा आइतबार जुम्लाको हिमा गाउँपालिका-७ धौलापानीमा करिब १४ हजार बर्गमिटर जमिनमा स्याउ रोप्न सुरु गरिएको हो। 

विप्लवले कार्यक्रमको उद्घाटन गर्दै राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिलाई नजोडेसम्म देशको स्वाधीनता र आत्मनिर्भर सम्भव नहुने आफ्नो पार्टीले निष्कर्ष निकालेको बताएका छन्। 

उनले पहिला नेता र कार्यकर्तालाई कृषि उत्पादनमा जोड्ने र त्यसपछि देशभरका जनतालाई कृषि क्रन्तिमा जोडेर देशलाई आत्मनिर्भर बनाउने योजना रहेको सुनाए । 

उनले हावापानी र मौसमअनुसारको फलफूल बालीनाली उत्पादन गरिरहेको बताउँदै विप्लवले भने- अहिले हाम्रा नेताकार्यकर्तालाई देशैभर खानकै लागि कहिकतै माग्नुपर्ने अवस्था छैन, देशैभर सबै नेता कार्यकर्ता उत्पादनमा लागेका छौँ।'

विप्लवको पार्टीलाई स्याउ रोप्नका लागि धाँचु गाउँकी कृष्ण कौडा शाहीले उपलब्ध गराएकी हुन्।  आज धौलापानीमा करिब  १ हजार बढी बिरुवा रोपेर भोलि १२ गते बिहान कालिकोटको  तिलागुफा नगरपालिका फोहिइमा स्याउ रोप्न जाने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य अडिक सीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad