राजनीति


कसैलाई चाहिन्छ भने लेखेर दिन्छु, नेकपा फुट्दैनः प्रधानमन्त्री


नेपालखबर
असार २० ,

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गरेका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले फुट्नका लागि नभई जुटनका लागि एकता गरेको बताए। केही मान्छेहरु नेकपा फुट्छ भन्ने सपना देखिरहेकाे भन्दै  उनीहरुप्रति आफूलाई माया लाग्ने गरेको उनको भनाई थियो।

‘कसैलाई प्रमाण चाहिन्छ भने म लेखेर दिन्छु, यो पार्टी फुट्दैन’, उनले भने, ‘हामीले फुट्नलाई होइन, जुट्नलाई एकता गरेको हो।’

नेकपा थप बिस्तार हुने क्रममा रहेको भन्दै उनले कसैलाई चाहँदैमा पार्टी नफुट्ने बताए। ‘यसलाई यो पार्टी फुटाउन सकिन्छ कि भन्ने लागेको छ भने मा प्रयास गर्न चुनौति दिन्छु’, उनले भने।

उनले समाजवादी पार्टीलाई एकतामा आउन आग्रह समेत गरे। बाबुराम र उपेन्द्र दुवैलाई सम्बोधन गर्दै उनले आत्मकेन्द्रित भएर नबस्न सुझाव समेत दिए।

प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्ने निहु नपाएकाहरुले अहिले काठमाडौँमा माक्स लगाएर हिँड्न थालेको आरोप लगाए।

केही समयअघि आफूले काठमाडौँमा माक्स लगाउन नपर्ने बताएपछि विरोधस्वरुप माक्स लगाउन थालेको भन्दै माक्स लगाउनु स्वास्थ्यका लागि राम्रो भएको बताए। ‘अहिले मास्क नलगाएर पनि हिँड्न सकिन्छ, यसलाई सुधार गर्दैछौं भनेको थिएँ’, उनले भने, ‘त्यसपछि त विरोधका लागि माक्स लगाउन थालिएछ।’ प्रधानमन्त्री ओलीले ठट्टा गर्दै थपे, ‘ ‘ मेरो रिसले भए पनि मास्क लगाइदिनुहोला। मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ’, उनले भने, ‘ यसले बाटो सफा गर्ने हाम्रो काम रोकिँदैन, अगाडि बढ्छ।’

असार २०, २०७६ शुक्रबार ८:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .