नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ।
बैठक ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा केही बेरअघि सुरु भएको हो।
बिहीबारै बस्ने भनिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक पार्टीका पोलिटब्युरो सदस्य एवं बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधन भएपछि स्थगन गरिएको थियो।
यसअघि स्थायी कमिटी बैठकले पारित गरेको अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन आज केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने नेताहरूले बताएका छन्।
पोलिटब्युरो बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, तात्कालीन कार्ययोजना, सरकारले ल्याएको अध्यादेश, प्रकृति लम्साल मृत्यु प्रकरण र समसामयिक प्रस्ताव पारित गरेको थियो।
24
Shares

प्रतिक्रिया