नेपाल पे टाइम प्राइभेट लिमिटेडले अनुमतिपत्र नवीकरण नगरेपछि नेपाल राष्ट्र बैंकले ३० दिने सूचना निकालेको छ।
कम्पनीले २०७६ मा अनुमति लिएर सेवा सञ्चालनमा ल्याए पनि लामो समयदेखि भुक्तानी सेवा बन्द रहेको, सेवा प्रवाहका लागि वालेट एप एप्पल स्टोर र गुगल प्लेस्टोरमा उपलब्ध नभएको भन्दै राष्ट्र बैंकले सूचना निकालेको हो।
राष्ट्र बैंकले कम्पनी लामो समयदेखि बन्द रहँदै आएकाले नवीकरण समेत नगरेको भन्दै लेनदेन बाँकी रहेको उपभोक्तालाई सम्पर्कमा आउन अनुरोध गरेको छ।
‘ग्राहकहरुको यो संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नहुन अनुरोध गरिएको छ’, सूचनामा उल्लेख छ।

147
Shares

प्रतिक्रिया