राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (बिहीबार) बस्दै छ।
बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय चःमतिमा बस्ने रास्वपाका सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्।
सचिवालय बैठकमा समसामयिक राजनीति र पार्टीका गतिविधिबारे छलफल हुने उनले बताइन्।
‘समसामयिक विषय, नियमावली, राजनीतिक प्रशिक्षणको तयारीलगायत विषयमा छलफल हुन्छ’, उनले भनिन्।
उनका अनुसार बैठकमा नियमावली र कार्यविधिहरू (प्रवास नेपाली सम्पर्क विभाग नियमावली २०८१ (कार्यविधि प्रतिस्थापन), र्याट नियमावली २०८१, सम्पर्क विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, पालिका अधिवेशन कार्यविधि २०८१) मा छलफल हुनेछ।
यस्तै फागुन १६ गतेदेखि पार्टीले सञ्चालन गर्न लागेको सर्वांगीण संवाद् र केन्द्रीय राजनीतिक प्रशिक्षण तयारीबारे पनि बैठकमा छलफल हुने सहप्रवक्ता रावलले बताइन्।
Shares

प्रतिक्रिया