राजनीति


शेरबहादुर देउवा बिहीबार भारत जाने

शेरबहादुर देउवा बिहीबार भारत जाने

फाइल तस्बिर


नेपालखबर
फागुन ७, २०८१ बुधबार १४:१२, काठमाडौँ

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि (बिहीबार) भारत जाने भएका छन्। उत्तर प्रदेशको प्रयागराजमा आयोजित 'कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी' कार्यक्रममा वक्ताको रुपमा देउवा सहभागी हुने भएका हुन्। 

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले देउवा भारत जाने कार्यक्रम तय भएको जानकारी दिए।

'महाकुम्भमा हुने कार्यक्रममा सहभागी हुन उहाँ भारत जाने कार्यक्रम तय भएको छ' महतले नेपालखबरसँग भने। उक्त कार्यक्रममा देउवासहित विभिन्न देशका १९ जना वक्ता सहभागी हुनेछन्।  

कुम्भ मेलामा आयोजित कार्यक्रमबाहेक देउवाको थप कार्यक्रम पनि तय भएको कांग्रेस स्रोतको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad