विद्युतीय व्यापार (ई-कमर्स) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित भएको छ। मंगलबारको प्रतिनिधिसभाको बैठकले विद्युतीय व्यापार (इ–कमर्स) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गरेको हो।
प्रतिनिधिसभामा सरकारको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० माथि छलफल गरियोस् भनि प्रस्ताव पेस गरेका थिए।
प्रस्तावउपर सांसदहरूले छलफल गरिसकेपछि मन्त्री भण्डारीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका थिए। जवाफपछि मन्त्री भण्डारीले विद्युतीय व्यापार (ई-कमर्स) विधेयक, २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गरे। प्रस्तुत प्रस्तावलाई सभाबाट सर्वसम्मत रुपमा पारित गरिएको सभामुख देवराज घिमिरेले घोषणा गरे।
Shares

प्रतिक्रिया