ad ad

राजनीति


कोरोना नियन्त्रण कोष : राष्ट्रियसभा उपाध्यक्षले पनि दिइन् एक महिनाको तलब

कोरोना नियन्त्रण कोष : राष्ट्रियसभा उपाध्यक्षले पनि दिइन् एक महिनाको तलब

नेपालखबर
चैत ११, २०७६ मंगलबार ५:३४,

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक महिनाको तलब प्रदान गरेकी छिन्।

उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिएकी हुन्।

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि आग्रह गरेकी छिन्। उनले कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा पनि रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन अनुरोध गरेकी छिन्।

कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ।

उपचार कोषमा यसअघि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षले एक/एक महिनाको तलब जम्मा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .