राजनीति


बन्दीपुरका वडासचिव कुटपिट प्रकरण संसदमा, वडा अध्यक्षलाई कारबाही गर्न माग

बन्दीपुरका वडासचिव कुटपिट प्रकरण संसदमा, वडा अध्यक्षलाई कारबाही गर्न माग

नेपालखबर
फागुन ६, २०८१ मंगलबार १७:१२, काठमाडौँ

राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद राधेश्याम पासवानले वडासचिवको घाँटी न्याक्दै कुटपिट गरेका वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्। 

तनहुँको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङले वडासचिव नवीन भुसाललाई घाँटी न्याक्दै आक्रमण गरेको थिए। 

उनले रुपन्देहीको रोहनी गाउँपालिका–२ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधुप्रसाद घिमिरेलाई कुटपिट गरेको समेत बताए। सांसद पासवानले कुटपिट गरिएको प्रति घोर आपत्ति जनाउँदै कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गरे।

उनले भने,‘अध्यक्ष महोदय अहिले जनप्रतिनिधिबाटै कर्मचारी कुटिएको छ। सोमबार तनहुँको बन्दीपुर गाउँपालिका ६ का वडाअध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नविन भुसालमाथि कुटपिट गरेको छ। रुपन्देहीको रोहनी गाउँपालिका २ का वडा अध्यक्ष करम हुसेन खानले शिक्षा शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई कुटपिट गरेको छ। यो कुटपिटको घोर भत्र्सना गर्दछु। र यी वडा अध्यक्षलाई कारबाही गर्न सरकारसँग माग गर्दछु।’

उनले भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इण्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा नेपाली छात्राको मृत्यु र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारप्रति सरकारको ध्यानाकर्षण गराए। 

उनले सरकारले घटनाबारे आवश्यक अनुसन्धान गरी नेपाली विद्यार्थीलाई अलपत्र पार्ने काम गरेको विश्वविद्यालय प्रशासनलाई कारबाही गर्न कुटनीतिक पहल गर्न माग गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad