नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकार जवाफदेही नबनेको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारका मन्त्रीहरूले संसद्को रोष्ट्रमलाई राष्ट्रसेवकहरूको बारेमा तथानाम बोल्नका लागि प्रयोग गरेको बताएका हुन्।
उनले प्रतिपक्षले खबरदारी गर्नेकुरा स्वभाविक रहेको भन्दै सरकारले प्रतिप्रश्न गर्नेकुरा शोभनीय नहुने बताए।
'सरकारका मन्त्रीज्युहरुले संसद्मा आएर राष्ट्रसेवकको बारेमा किन प्रश्न उठाइदिएको भनेर हामीलाई प्रतिप्रश्न गर्नुभयो। बडो अचम्म छ । राष्ट्रसेवकहरुका बारेमा भण्डाफोर गर्ने, तथानाम बोल्ने यो संसद्को रोष्ट्रम हो? यो त्यति शोभनीय भए जस्तो लागेन,' उनले भने, 'प्रतिपक्षले त खबरदारी गर्यो। यस्ता विषयहरु उठिरहेका छन्। यस्ता कामहरू भइरहेका छन्। अहिले पनि सुन्नमा आएको छ। ठेक्काहरु भइरहेका छन्, रकम भुक्तानीका कुरा चलेका छन्। हरेक ठेक्कामा सेटिङका कुरा आएका छन्। यसबारेमा संसदलाई जवाफ दिनुपर्दैन? ओठे जवाफले पुग्छ ? प्रतिप्रश्नले पुग्छ? सरकार उत्तरदायी र जवाफदेही हुनुपर्दैन ? संसदमा उठेका प्रश्नमा प्रतिप्रश्नले सन्तोष मिल्छ?’
Shares

प्रतिक्रिया