राजनीति


उपरथीमा बढुवा भएका शाहलाई प्रबन्धरथी विभागको जिम्मेवारी

२ सहायक रथी र ७ महासेनानीमा पनि बढुवा
उपरथीमा बढुवा भएका शाहलाई प्रबन्धरथी विभागको जिम्मेवारी

नेपालखबर
फागुन ५, २०८१ सोमबार २१:२६, काठमाडौँ

नेपाली सेनाका सहायक रथी दिपेश जंग शाह उपरथीमा बढुवा भएका छन्। माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको भएपनि सोमबार मात्रै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

सोमबार प्रधान सेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नतिसँगै उपरथी शाह प्रबन्धरथी विभागका विभागीय प्रमुखमा नियुक्त भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

यस्तै महासेनानी दिवशराज रेग्मी र निर्जल अधिकारीलाई सहायक रथीमा बढुवा गरिएको छ। प्रमुख सेनानीबाट महासेनानीमा सात जना बढुवा भएका छन्। उनीहरुलाई पनि सोमबार नै दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad