राजनीति


एक सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दु:खद् छ : सांसद पन्त

एक सदनका सांसदलाई अर्को सदनले खेद प्रस्ताव पारित गर्नु दु:खद् छ : सांसद पन्त

नेपालखबर
फागुन ५, २०८१ सोमबार १५:४५, काठमाडौँ

नेकपा एमालेका सांसद रघुजी पन्तले एक सदनका सांसदले बोलेको कुरालाई अर्को सदनले खेद प्रस्ताव पारित गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले संसद् दुई सदनको बीचमा द्वन्द्व उत्पन्न भएको खण्डमा संसदीय व्यवस्थालाई असर गर्ने पनि बताए।

उनले राष्ट्रियसभा भनेको वृद्धाश्रम नभएको पनि बताए। राष्ट्रियसभालाई वृद्धाश्रम भनेर आलोचना र बेइज्जत गर्नु नहुने बताए।

राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रियसभा वृद्धाश्रम जस्तै भएको अभिव्यक्ति दिएका थिए। उनले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिलाई आइतबारको राष्ट्रियसभा बैठकमा खेदप्रस्ताव पारित गरिएको थियो। 

प्रतिनिधिसभाका सांसदलाई राष्ट्रिय सभाको रुलिङ, खेद प्रस्ताव पनि पारित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad