राजनीति


प्रतिनिधिसभाबाट स्वीकृत भयो नागरिकता विधेयक

प्रतिनिधिसभाबाट स्वीकृत भयो नागरिकता विधेयक

सभामुख देवराज घिमिरे


नेपालखबर
फागुन ५, २०८१ सोमबार १४:२७, काठमाडौँ

प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ। आज सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेका थिए। त्यसपछि सदनले स्वीकृत गरेको हो। 

अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले जानकारी गराए। 

आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए। 

तर गणपूरक संख्या नपुगेपछि निर्णयार्थ पेस हुन सकेन। सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले निर्णयार्थ पेस गर्न गणपूरक संख्या नपुग्ने भन्दै यकिन गर्न माग गरेकी थिइन्। तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेको सभामुख देवराज घिमिरेले सदनलाई जानकारी गराए।  

सभामुख घिमिरेले गणपूरक संख्या यकिन गर्दा प्रस्ताव पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा ६८ मात्रै रहेकाले कार्यसूचीबाट बाँकी कार्यक्रम हटाइएको घोषणा गरेका थिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad