राजनीति


हिमाल नांगिएको भन्दै देउवाद्वारा चिन्ता व्यक्त

हिमाल नांगिएको भन्दै देउवाद्वारा चिन्ता व्यक्त

नेपालखबर
फागुन ५, २०८१ सोमबार १३:१०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू नाङ्गिएकोप्रति चिन्ता व्यक्त गरेका छन्।  

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा गैरसरकारी संस्थासम्बन्धी कांग्रेसको नीति विषयक गोष्ठीलाई सम्बोधन गर्दै उनले हिमालको हिउँ पग्लिएर हिमाल नांगो भएकोप्रति गुनासो गरेका हुन्। 

उनले जलवायु परिवर्तनले नांगो भएका हिमालहरू कसरी जोगाउने भन्नेबारेमा गैरसकारी संस्थाहरूले नीतिगत पैरवीदेखि हिमाल जोगाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले जलवायु परिवर्तनको समस्या नेपालमा दिनप्रतिदित बढ्दै गएको बताए। 

‘वास्तवमा नेपालमा सामाजिक सेवा गर्ने संस्था तथा नागरिक समाजको स्थापना, विकास र कामको अवस्था र स्वरुप फरक फरक देखिन्छ । गैरसकारी संस्थाहरूप्रतिको समय र सन्दर्भसँगै सामाजिक न्याय, लोकतन्त्र र मानव अधिकार, सुशासन, आर्थिक समृद्धि र समावेशी सिद्धान्तमा आधारित अन्तर्राष्ट्रिय मूल्य मान्यतालाई अंगीकार गरी सरकारको सहयोगीको रुपमा काम गर्ने संस्थाहरू हुन्,' उनले भने, 'यी संघसंस्थाहरू भित्र पनि सुशासन, पारदर्शीता र आन्तरिक लोकतन्त्र मजबुत हुनुपर्छ भन्ने आवाज छ। हाम्रा हिमालहरू नाङ्गिरहेका छन् । गैरसरकारी संस्थाहरूले हिमाल कसरी जोगाउने भन्ने विषयमा सामुदायिक सचेतनादेखि नीतिगत पैरवी गर्न आवश्यक छ। अहिले क्लाइमेट चेन्जले पनि धेरै समस्या पारेको छ । यस सम्बन्धी धेरै ध्यान दिने विश्वास लिएको छु।’

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसकारी संस्थाहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। मानव अधिकार, सुशासन, समावेशीलगायतका विषयमा गैरसकारी संस्थाहरूले प्रभावकारी काम गर्दै आएको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad