राजनीति


विजयपुरा-बर्दिबास १७ किलोमिटर खण्डमा भारतकै सहयोगमा रेलमार्ग बन्दैछ : प्रधानमन्त्री ओली

विजयपुरा-बर्दिबास १७ किलोमिटर खण्डमा भारतकै सहयोगमा रेलमार्ग बन्दैछ : प्रधानमन्त्री ओली

नेपालखबर
फागुन ४, २०८१ आइतबार १४:३६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयपुरा-बर्दिबाससम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा रेलमार्ग छिट्टै निर्माण हुने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यसबारे जानकारी दिएका हुन्। 

सांसद प्रतिक्षा तिवारीले रेलमार्ग तथा काठमाडौँ-तराई मधेस द्रुत मार्गको प्रगतिको विषयमा प्रश्न सोधेकी थिइन्। 

प्रधानमन्त्री ओलीले जयनगर-जनकपुर-कुर्था-विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक संचालन भएको छ,' उनले भने, 'जयनगर-जनकपुर हरेक दिन ३ पटक र जनकपुर-विजयपुरा दिनको १ पटक आउने-जाने गरी रेल सेवा दिइएको छ। थप विजयपुरा-बर्दिबास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ।'

काठमाडौँ-तराई मधेस द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिए र यस आयोजनालाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक-पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरिरहेको ओ‌लीको भनाइ छ। ओलीले यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको पनि बताए। 

त्यस्तै सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्गको निर्माण सम्पन्न भई हाल हेडवर्क्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको पनि जानकारी गराए। हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको ओलीको भनाइ छ। 

'निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलले ठूलो लगानीको माग गर्दछ। त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माणकार्य अगाडि बढाउन सरकार सकारात्मक छ' ओलीले भने।  

चुरेको भू-बनोट, माटोको प्रकृति, जैविक विविधतामा ह्रास र छोटो समयमा सघन वर्षा आदि कारणले यो क्षेत्र अति संवेदनशील रहेकोले हालसम्म ६ सय ५७ वटा भूमिगत जल पुनर्भरण, पोखरी निर्माण तथा संरक्षण, १ सय ५९ वटा तालतलैया तथा सिमसार व्यवस्थापन, १ सय ७६ वटा पानी जम्ने ड्याम, ७६ वटा जल पुनर्भरण एवं संरक्षण पोखरी निर्माण, ५ सय ४८ वटा पानी मुहान संरक्षण तथा कुवा उत्खनन् लगायतका कार्य सम्पन्‍न गरिएको पनि उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad