काठमाडौँको चन्द्रागिरि-५, हाइभिजनमा घरको दुई तलामाथिबाट खस्दा एकजना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान ८:४० बजे वीरबहादुर घलेको साढे दुईतले घरको दुई तलामाथि छतमा घाम ताप्ने क्रममा रेलिङमा अल्झेर भुइँमा खस्दा दोलखाको सैलुङ गाउँपालिका-३ घर भएका वर्ष ५२ का होमबहादुर श्रेष्ठ गम्भीर घाइते भएका हुन्।
उनी घरधनीका छोरा जितेन्द्र घलेका साथी हुन्।
दुईतलाबाट खसेका श्रेष्ठलाई उपचारका लागि तुङ्गलस्थित एपीएफ अस्पताल भर्ना गरिएको छ। उनका टाउको, दुवै आँखामा गहिरो चोट लागेको र बोल्न नसक्ने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ।
183
Shares

प्रतिक्रिया