राजनीति


अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

अर्थमन्त्री पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

नेपालखबर
फागुन ३, २०८१ शनिबार १५:२२, काठमाडौँ

पोखरामा बेलुन पड्केर घाइते भएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

शनिबार अपरान्ह सिम्रिक एयरको हेलिकोप्टरमार्फत मन्त्री पौडेललाई काठमाडौँ ल्याइएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको छ।

पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्केर उपप्रधानमन्त्री पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए।

तस्बिर : सामाजिक सञ्जाल

गालामा सामान्य चोट लागेका मेयर आचार्यलाई उपचारको लागि पोखराको फिस्टेल अस्पताल लगिएको छ।

अर्थमन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याइएको हो।

अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो।

पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रम पोखरा, ९नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा चलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad