राजनीति


जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : प्रचण्ड

जनयुद्धलाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : प्रचण्ड

नेपालखबर
फागुन १, २०८१ बिहिबार १२:१५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३०औँ ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन्।

'हजारौँ सहिददहरूको बलिदानबाट, रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँसयौँ वर्षसम्म रहनेछ,' उनले भने, 'कसैले मेटाएर यो मेटिने छैन। जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ।'

यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले जोड दिए। ‘जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको उनको भनाइ थियो।

'जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो। यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ,' उनले भने, 'जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन्।'

प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको उनले बताए। उनले प्रतिक्रियावादी शक्तिले गणतन्त्रलाई जनताको हुन नदिन अनेक गतिविधि गरिरहेको आरोप लगाए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad