हङकङको ग्रेटर बेले गर्‍यो उडान कटौती गर्ने कर्मचारीलाई बर्खास्त

५५०० यात्रु प्रभावित हुनेगरी गतमहिना गरिएको थियो फेब्रुअरी र मार्चका १२८ उडान रद्द
हङकङको ग्रेटर बेले गर्‍यो उडान कटौती गर्ने कर्मचारीलाई बर्खास्त

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलस्थित ग्रेटर बे एयरलाइन्सको काउन्टरमा यात्रुहरू (एससीएमपी)


नेपालखबर
माघ ३०, २०८१ बुधबार १४:११, हङकङ

हङकङको ग्रेटर बे एयरलाइन्सले ठूलो मात्रामा उडान कटौतीको निर्णयमा संलग्न कर्मचारी टोलीलाई बर्खास्त गरिएको जनाएको छ।

गतमहिना फेब्रुअरी र मार्चका १२८ उडान रद्द गर्ने एयरलाइन्सको निर्णय बाहिर आएको थियो। झन्डै ५५ सय यात्रु प्रभावित उक्त निर्णयको विरोध भएपछि यातायात प्रमुखले कारण मागेकी थिइन्।

यस समबन्धमा आज (बुधबार) एयरलाइन्सले नागरिक उड्डयन विभागलाई प्रतिवेदन बुझाएको छ। जसमा ‘रद्द गर्ने निर्णय लिनका लागि आवश्यक प्रोटोकल’ पालना गर्न कर्मचारी टोली असफल भएको स्वीकार गरिएको छ।

टोलीले निर्णयलाई खराब रूपमा सूचित गरेको, ग्राहक सेवाको उत्तरदायित्व क्षमता वहन गर्न नसकेको जस्ता खोट पनि देखाइएको छ।

कर्मचारीहरूसँग अन्य एयरलाइनमा काम गरेको अनुभव भए पनि नयाँ भूमिकासँग अनभिज्ञ भएकोले समस्या निम्तिएको रिपोर्टमा उल्लेख छ।

साथै, प्रतिवेदनमा उक्त निर्णय गर्ने टोलीलाई कम्पनीबाट हटाइएको समेत भनिएको छ भने अबदेखि साप्ताहिक रूपमा व्यवस्थापकीय समीक्षा गरिने उल्लेख छ।

‘कम्पनीको स्थापनाकालदेखि नै रद्दको प्रभावले ग्रेटर बे एयरलाइनको विकासमा ठूलो चुनौती भएको छ,’ प्रतिवेदनमा भनिएको छ।

भविष्यमा हुने कुनै पनि रद्दको लागि उच्चस्तरीय प्राधिकरण आवश्यक पर्ने पनि एयरलाइनले बताएको छ।

गतमहिना सार्वजनिक गरिएको ग्रेटर बेको सूचनामा फेब्रुअरी र मार्चका १२८ रद्द हुने भनिएको थियो। जसका कारण थाइल्यान्ड, कोरिया, जापान र ताइवान जाने ५५ सय यात्रु प्रभावित भएका थिए।

सूचनामा नयाँ विमानको डेलिभरीमा ढिलाइ र भइरहेकाको अनिवार्य सुरक्षा निरीक्षणका कारण उडानहरू रद्द गर्नुपरेको भनिएको थियो।

एयरलाइनले आठ बोइङ७३७ विमानहरूमार्फत टोकियो, ओसाका, टोकुशिमा, योनागो, सेन्डाई, सियोल, ताइपेई, बैंकक र जुशानसहित १२ रुट सञ्चालन गर्दै आएको छ। (एससीएमपी)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .